Sunday 11 June 2017

मुक्तक,









मुक्तक
बाहाना हजार हुन्छन् यहां दिल टुटाउने
लक्ष्य त एउटै हुन्छ दुई मुटुलाई छुटाउने
एक मुठी जीवन जिउन मायांमा सर्त किन ?
कस्लाई हुन्छर रहर पिडासंग खुशी लुटाउन
-लक्ष्मी अनुरागी

Tuesday 16 December 2014

मुक्तकहरु:


[1]
आउनु प्रिय फूल अबिरले मलार्इ सजाउन आउनु
अघि पछि होलान मलामी शङ्ख बजाउन आउनु
सम्झनु यहिं सम्म रैछ हाम्रो यात्रा जिन्दगीको 
परेलीमै रोक्नु आँशु चितामा आगो लगाउन आउनु।

[2]

दाजु भाइको संझनामा दियो बाली बसीरै'छु
टीका लाउन नपाउँदा आँखाबाट खसीरै'छु
यो हातको मखमली ओलाउने छैन कहिल्यै
यो तिहार यस्तै भयो मनका गाँठो कसीरै'छु ।

सुचित्रा खनिया

भरतपुर चितवन

मुकतकहरु:


[1]
जिन्दगी का भोगाई हरु पढ्दै छु
पढ्दै बुझ्दै अनी अगाडी बढ्दै छु 
अघी बढ्नु कहाँ सजिलो रैछ र
पाईला पिच्छे ठोकिएर लड्दै छु!!
[2]
मुक्तक
बितेका ति रमाइलो मधुमासले सतायो
हजुर देखी टाढा को यो प्रवासले सतायो 
जती नै बिर्सु भन्छु झन याद आइरहन्छ 
प्रेमील आलिंगन को त्यो आभाषले सतायो !! 

बसु श्रेष्ठ
भैरहवा

" मुक्त आकाश " लोकार्पण समारोह ||


नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको प्रथम साधारण सभ तथा संयुक्त मुक्तक संग्रह " मुक्त आकाश " लोकार्पण समारोहलाई भव्य र सभ्य बनाई सफलता पूर्वक सम्म्पन्न गर्न हामीलाई साथ सहयोग र शुभेच्छा दिनुहुने प्रमुख अतिथि महामहिम राजदूत श्री प्रह्लाद कुमार प्रर्साईज्यू , राजदूतावासका उच्च पदस्थ कर्मचारीज्यू , नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्यज्यू, इजरायलका विभिन्न संघ संस्थाका प्रतिनिधिज्यू, साधारण सभामा निर्वाचन अधिकृत भई गहन भूमिका निर्वाह गर्नु हुने पत्रकार पुष्प श्रेष्ठज्यू, हाम्रो शाखाका सर्वसम्मत निर्वाचित सम्पूर्ण पदाधिकारीज्यू र सबै शुभेच्छुकहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।




- नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा