[1]
आउनु प्रिय फूल अबिरले मलार्इ सजाउन आउनु
अघि पछि होलान मलामी शङ्ख बजाउन आउनु
सम्झनु यहिं सम्म रैछ हाम्रो यात्रा जिन्दगीको
परेलीमै रोक्नु आँशु चितामा आगो लगाउन आउनु।
[2]
दाजु भाइको संझनामा दियो बाली बसीरै'छु
टीका लाउन नपाउँदा आँखाबाट खसीरै'छु
यो हातको मखमली ओलाउने छैन कहिल्यै
यो तिहार यस्तै भयो मनका गाँठो कसीरै'छु ।
सुचित्रा खनिया
भरतपुर चितवन

No comments:
Post a Comment